महको महत्व बुझाउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा आजदेखि दोस्रो मह महोत्सव सुरु भएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उद्घाटन गरेको महोत्सव असार २९ गतेसम्म सञ्चालन हुनेछ ।
व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्तरूपमा आयोजना गरेको महोत्सवमा २० कक्ष छन् । महोत्सव अवधिमा झन्डै ५० लाख महको कारोबार हुने अपेक्षा राखिएको छ ।
नेपालमा २०५२ सालदेखि व्यावसायिक मौरीपालन सुरु भएको इतिहास भएपनि २० वर्षसम्म प्रयोगशाला स्थापना नहुँदा महको अन्तर्राष्ट्रिय व्यापार गर्न सकिएको छैन – मह व्यवसायी धर्मराज श्रेष्ठले बताए।





