दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो चासो रहेको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका भीम पराजुलीले ८ सय ८२ को अग्रता बनाएका छन्।
उनले नेकपा एमालेका प्रत्यासी विनोद ढकाललाई उछिन्दै ३१४० मत पाएका छन्। ढकालको २२५८ मत पुगेको छ। संघीय समाजवादी फोरम र माओवादी केन्द्रका संयुक्त उम्मेदवार उमेश यादवले १६७६ मत पाएका छन्। उनले पछिल्लो मतगणनामा केही सुधार गरेका छन्।
उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले २३२३ मत, एमाले–लोकतान्त्रिक फोरम गठबन्धनकी सूची चौधरीले ११८८ मत प्राप्त गरेकी छिन्। संघीय समाजवादी फोरम र माओवादी केन्द्रकी नमिता न्यौपानेले १०१२ मत प्राप्त गरेका छिन्।