काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँगको भेटमा आफू राजनीतिमा आएको र नयाँ पार्टीहरूको साथ सहयोग चाहिएको बताएका छन्।
'म राजनीतिमा आए, तपाईहरूको साथ सहयोग के छ ?' भनेर आफूलाई सोधेको अध्यक्ष सुनारले जानकारी दिए।
जेन-जी समूहका उठाएको भ्रष्टाचार र सुशासनको मुद्दालाई उठाएर, नयाँ पार्टीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने भनेर कुराकानी भयो। त्यसमा मेयर बालेन सकारात्म देखिनु भएको उनले बताए।
'नयाँ पार्टी एकजुट भएर अगाडि बढ्ने कुरामा मेयर बालेन सकारात्मक देखिनु भएको छ,' अध्यक्ष सुनारले भने।