उत्तरी छिमेकी देश चीनको पूर्व नाका मानिने ओलाङ्चुगोलास्थित याङ्गमा गाविसको बुथ ल्याउन समस्या परेको छ। पूर्वको अतिदूर्गम मानिने यो गाविसमा एक्कासी मौसम बिग्रिएपछि हेलिकोप्टर पठाउन गाह्रो परेको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले सेतोपाटीलाई जानकारी दिएका छन्।
यो क्षेत्रमा ५५ मतदातामध्ये ३९ भोट खसेको छ। ताप्लेजुङमा एक नगरपालिका र ८ गाउँपालिका गरि कूल ९ वटा क्षेत्र रहेका छन्। जसमा ६९ दशमलव ३ प्रतिशत मतदान खसेको छ। जिल्लाको विकट मानिएको ओलाङचुगोला, याङ्मा, धुन्सा र ग्याब्लामा पनि शान्तिपूर्ण मतदान भएको छ। यस क्षेत्रबाट मतपत्र सदरमुकाममा ल्याउने काम भइरहेको खड्काले बताए।