स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदानका लागि तोकिएको समय अहिले साँझ ५ बजे सकिएको छ। तीन प्रदेशका ३३४ स्थानीय निकायका लागि भएको मतदान ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मात्र मतदान गर्न पाउने छन्।
मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याइएको थियो। छिटपुट घटनाबाहेक दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भएको छ।