चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
मङ्गलबार बिहान ४ बजेदेखि सुरू भएको मतदानमा साढे ६ बजेसम्म करिब ७५० जनाले मतदान गरेका छन्। एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हाल्न सक्ने व्यवस्था गरिएको छ। एक जना मतदातालाई भोट हाल्न १० देखि १५ मिनेटसम्म लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ।
अहिलेकै गतिमा भोटिङ भए करिब साढे ३ घण्टामा मतदान सकिने आयोगको भनाई छ।
निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।
त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।
अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन्।
केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ।
प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।
त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।