नेकपा एमालेको दसौं महाधिवेशन क्रममा चुनाव लड्ने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।
निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।
त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।
अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन्।
केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ।
प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।
त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।
निर्वाचन आयोगले चुनाव हुने समय पनि पाँच घन्टा सारेको छ। यसअघि सोमबार राति ९ बजे मतदान सुरू हुने भनिएको थियो। अब राति २ बजेबाट भोलि बिहान ८ बजेसम्म मतदान हुनेछ।
बिहान ८ बजेसम्म भोट हाल्न पाइने भएपछि धेरै प्रतिनिधि बन्दसत्र स्थलबाट फर्केका छन्।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित १९ जना पदाधिकारीको नाम पेस गरेका थिए।
उनले पेस गरेको प्रस्तावमा कतिपय ठाउँमा सर्वसम्मत भएको छ भने कतिपय पदमा चुनाव हुने भएको छ। ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले सोमबार आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन्। केहीमा भने ओलीले प्रस्ताव गरेकाहरू सर्वसम्मत चुनिएका छन्।
अन्तिम उम्मेदवार नामावली: