कांग्रेसका आठ जना सहमहामन्त्रीहरूलाई एउटै कोठा छुट्याइएको छ।
शनिबार प्रमाण-पत्र वितरणसँगै आठ जना सहमहामन्त्रीका लागि कोठा छुट्याइएको हो।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाको सबैभन्दा माथिल्लो तलामा उनीहरूलाई कोठा छुट्याइएको हो।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट जीवन परियार, बद्री पाण्डे, महेन्द्र यादव, भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका थिए।
