प्रदेश २ नेपाली कांग्रेसको पहिलो अधिवेशनमा पदाधिकारीको मतगणना सम्पन्न भएको छ। शुक्रबार राति पदाधिकारीको मतगनणा सम्पन्न भएको हो।
पदाधिकारीको मतगणनामा सभापतिसहित ८ वटै पदमा संस्थापन पक्षका कृष्ण यादवको प्यानल विजयी भएको छ।
शेखर कोइराला-विमलेन्द्र निधि पक्षका उम्मदेवारले एउटा पनि पदमा जित्न सकेनन्।
शुक्रबार बिहान निधि-कोइराला पक्षका सभापतिका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले पराजित गर्दै सभापति शेरबहादुर देउवा पक्षका कृष्ण यादव विजयी भएका थिए।
गएराति सम्पन्न पदाधिकारीको मतगणना परिणाम अनुसार उपसभापतिमा सभापति कृष्ण यादव प्यानलका वीरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भए।
सिंहले १०१९ र यादवले ८९५ मत सहित विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी कोइराल-निधि पक्षका धनलाल ठोकरले ६३६ र बिनोद कुमार खनालले ७४० मत प्राप्त गरे।
त्यसैगरी उपसभापतिका अर्का उम्मेदवार राधा प्रसाद यादवले १२४ मत ल्याएका छन्। त्यसैगरि महामन्त्रीमा उपेन्द्र कुमार यादव र बृहस्पति कृष्ण श्रेष्ठ विजयी भए।
निर्वाचन समितिका अनुसार उपेन्द्रले ९५९ र वृहस्पतिले ७८८ मत प्राप्त गरी महामन्त्रीमा विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नरेश यादवले ७७५, हरेश प्रसाद महतोले ७०३ र बिनोद चौधरिले १९५ मत ल्याए।
त्यसैगरि सहमहामन्त्री खुल्लातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव विजयी भइन्।
जय नरायणले ८७९ र प्रशुरामले ८२२ मत ल्याएर र्निवाचित भएका हुन्। उनका प्रतिद्धन्द्धी नारायण चौधरिले ६०१, अरबिन्द अमात्यले २५७, बिनोद कुमार यादबले ६९१ र रामनारायण महासेठले ९७ मत प्राप्त गरे।
त्यसैगरि महिलातर्फ सहमहामन्त्रीमा बिन्दु कुमारी यादबले ८८९ मत प्राप्त गरि विजयी भइन् भने उनका प्रतिद्धन्द्धी भिमादेवी शर्माले ५३२, रिता यादबले १५६ र रेखादेबि महरानले ७६ मत ल्याइन्।
महामन्त्रीमा १३ मतान्तरले पराजित भएको भनिएका नरेश यादव भने मतपरिणामप्रति आपत्ति जनाउदै उजुरी दिएका छन्।
महामन्त्रीमा १३ मतान्तरले पराजित भएका कोइराला-निधि पक्षका नरेश यादवले पुनः मतगण्ना गर्न माग गर्दै निर्वाचन समितिमा उजुरी दिएका छन्।
निर्वाचन समितिले यादवलाई पहिले विजयी भएको घोषणा गरेको थियो। पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरेपछि उनले उजुरी दिएका हुन्।