बहादुरको सन्तान, कि मार्छ कि मर्छ।
नेपालीले चान्स पाए, मजाले गर्छ।।
आफ्नो कानून संविधान, आफैं बनाउँछ।
चुनाव जित्छ, डोजर किन्छ, बाटो खनाउँछ।
टाठा बाठाको हेर, दस ठाउँमा घर छ।
नेपालीले चान्स पाए, मजाले गर्छ।।
संघीय देश, टोले टोले राजा,
देशको ढुकुटी, बाँडी खान्छन् खाजा।
भोलिको भर छैन, जे पर्छ त्यहिँ टर्छ।
नेपालीले चान्स पाए, मजाले गर्छ।।
तलब खाने, भत्ता खाने, जनप्रतिनिधि,
हजारौलाई जागिर, कस्तो सासन बिधि।
हो यसरी नै बेरोजगारी कम गर्नुपर्छ।
नेपालीले चान्स पाए, मजाले गर्छ।।
दुःखै दुःख धेरैलाई, थोरलाई मात्र सुख छ,
सर्लक्क वाइड बडी, कती ठूलो मुख छ।
जती हसुरे नि, मस्तले वैतर्णी तर्छ,
नेपालीले चान्स पाए, मजाले गर्छ।।
हजारौ लाखौ युवा, खाडी कतार गएका छन्,
फर्कदा कयौं बन्द, बाकसमा आएका छन्।
अध्यागमन सीमानामा दलालले हेर्छ ।
नेपालीले चान्स पाए, मजाले गर्छ।।
सरकारी जग्गा/गाडी, गायब हेर्दा हेर्दै,
सीमानै बिग्रियो देशको, नक्सा कोर्दा कोर्दै।
परको जङे पिलर, वर वर सर्छ ।
नेपालीले चान्स पाए, मजाले गर्छ।।
करोड अर्व भन्दा तल, आँखै लाग्दैन,
जती लुटे पनि जो, थाक्दै थाक्दैन।
स्वीस बैंकमा खाता खोल्ने, उसको रहर छ।
नेपालीले चान्स पाए मजाले गर्छ।।
क्वीन्टल सुन छिर्ने, हाम्रै देशको एयरपोर्ट,
आफ्नै धन्दामा मग्न, सेतो अनि कालो कोट।
आयोग अनि सेना पुलिस, कसलाई के डर छ?
नेपालीले चान्स पाए, मजाले गर्छ ।।
बजेट विकास असारे, आधा रकम बेरूजु,
सानो मगज मेरो, खै कसरी बुझुँ।
आ आ गर्ने सबै, साढेको कहिले झर्छ?
नेपालीले चान्स पाए, मजाले गर्छ।।
एनसेल एकातिर, अर्को तिर फोर-जी,
सबैको आँखा अघि, ठिंग छन् चोरजी।
जनाताले तिरेको, महँगो त्यो कर छ ।
नेपालीले चान्स पाए, मजाले गर्छ।।
नेता कर्मचारी पुलिस, सबै तिर भ्रष्ट,
३३ कोटी देव हामीलाई, पारिदेऊ प्रस्ट।
साच्ची यो देश, पशुपति कै भर छ ।
नेपालीले चान्स पाए, मजाले गर्छ् ।।