भन्सार छलेर ल्याइएका कपडा बरामद


प्रहरीको टोलीले भन्सार छली गरी भित्र्याइएको  १० लाख २४ हजार एक सय मूल्य बराबरका लत्ताकपडा कैलालीको टीकापुरमा मंगलबार बरामद गरेको छ ।

सत्ती प्रहरी कार्यालयको गस्ती टोलीले टीकापुर नगरपालिका—७ बाट यी सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए। बरामद भएका सामानमा कुर्ता सुरुवाल, ब्लाङ्केट, मार्किन कपडा, पाइन्ट कपडालगायत रहेको छ ।

बरामद भएको सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ । (रासस)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.