तुइन खोला नजिकै सुख्दखा पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक अवरूद्ध भएको छ।
मंगलबार राति पौने ९ बजेतिर चितवनको इच्छाकामना-५ स्थित सडकमा पहिरो खसेको हो। सो ठाउँमा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
त्यसैगरी इच्छाकामना-६ स्थित नाम्सी खोलामा पनि पहिरो खसेको छ।
यहाँ पनि सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।