नेपाल मेडिसिटी अस्पतालले नर्सिङ दिबसको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रम गरेको छ।
यसै उपलक्ष्यमा उसले करिब ३ सय नर्स तथा स्वास्थ्यकर्मीहरु सहभागी गराएर नख्खुदेखि पाटनस्थित कृष्ण मन्दिर सम्म वाकाथन कार्यक्रम गर्यो। कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आफू पनि कुनै समयमा नर्स बन्न चाहेको बताएकी थिइन् ।
उनले स्वास्थ्य उपचारमा नर्सहरुको भूमिका प्रमुख हुने र उनीहरु २४ सैं घन्टा विरामीहरुको उपचारमा संलग्न हुने भएकोले राज्यले पनि नर्सहरुलाई प्राथमिकता दिएको बताइन् ।
नेपाल मेडिसिटी अस्पतालले नर्सहरुलाई जहिले उच्च प्राथमिकता दिएको र उनीहरुको सेवामा गुणस्तरीयता ल्याउन आफूहरु लागि परेको अस्तपालमा अध्यक्ष डा. महतोले बताए। नेपाल मेडिसिटीले सप्ताह व्यापी कार्यक्रमको रुपमा अन्तर अस्पताल हाजिरी जवाफ प्रतियोगिताको आयोजना समेत गरेको थियो ।
उक्त प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्रथम स्थान हासिल गरेको थियो भने अन्नपूर्ण न्यूरो अस्पताल द्धितिय र नेपाल मेडिसिटी तृतिय भएको थियो ।