ईन्टरनेशनल फाउण्डेशन दिवसमा ८५३ पिन्ट रगत सङ्कलन


राउण्ड टेबल नेपालले ईन्टरनेशनल फाउण्डेशन दिवसको उपलक्ष्यमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८५३ पिन्ट रगत सङ्कलन गरेको छ।

रक्तदानमा विराटनगरबाट १५६, धरान १०३, विर्तामोड ३४, नारायणघाट १४७, काठमाण्डौँ १८७, वीरगञ्ज १०० र बुटवलबाट ९२ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।

‘एक पिन्ट रगतले ३ जनाको ज्यान जोगिन्छ लाखौँमा मुस्कान ल्याउँछ’ भन्ने नाराका साथ उक्त रक्तदान कार्यक्रम सञ्चालन गरेको र संकलित रगत नेपाल रेडक्रसलाइ प्रदान गरेको आयोजकले जनाएको छ।

राउण्ड टेबल नेपाल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय  रहेको तथा स्थापनाकाल देखि विभिन्न सामाजिक सेवामा योगदान पुर्याउँदै आएको संस्थाले दाबी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.