सुनको मूल्य २ सयले घट्यो, एक महिनाकै न्यून


शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५५ हजार ७ सय रुपैयाँ रहेकोमा आज ५५ हजार ५ सय रुपैयाँ कायम भएको छ। आजको मूल्य एक महिनायताकै न्युन हो।

विगत एक महिनाको अवधिमा असोज १० गते सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी पनि शुक्रबार तोलामा ५ रुपैयाँले घटेको छ।

अघिल्लो दिन तोलामा ७६० रुपैयाँ रहेको चाँदी शुक्रबार ७५५ कायम भएको छ। विगत एक महिनामा चाँदी प्रतितोला ७७५ रुपैयाँसम्म पुगेको थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.