नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
गत आइतबारदेखि सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ।
बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुनको मूल्य निर्धारण, उतारचढाव, कारोबारको अवस्था, सुनका कारण अन्य बजारमा पर्ने प्रभाव लगायत विषयमा बज्राचार्यसँग गरेको कुराकानी हेर्नुहोस् भिडिओमाः