दशैंमा नयाँ फोन किन्दा छुटै छुट


 

नजिकिँदै गरेको दशैंको रौनक सबैतिर देखिन थालेको छ। दशैंका लागि आवश्यक वस्तु किन्नेको भीडले बजार तताएको छ। बजारमा सबैखाले आवश्यक वस्तु किन्नेको चहलपहल देखिन थालेको छ।

यस्तो अवस्थामा फोन बजार पनि अछुतो रहन सकेको छैन। यति बेला विभिन्न फोन उत्पादक कम्पनीहरुले दशैं, तिहार लगायतका पर्व लक्षित गरी अफरहरु सार्वजनिक गरेका छन्। कम्पनीहरुले ग्राहक तान्न आर्कषक अफर तथा छुटको व्यवस्था गरेका छन्।

विभिन्न मोबाइल फोन उत्पादक कम्पनीहरुले नगद छुट, स्क्रयाच कुपन मार्फत आर्कषक उपहार, शतप्रतिशत नगद छुट, स्कुटर ताथ बाइक जित्नेदेखि विदेश भ्रमणको अफर समेत समावेश गरेका छन्।

व्यवसायीहरुका सामान्य समयभन्दा दशैं तिहारको समयमा कारोबार दोब्बरले वृद्धि हुने बताउँछन्।

न्युरोडकी मोबाइल फोन व्यापारी प्रतिमा संग्रौलाले दशैंमा छुट, अफरहरु पाइने हुँदा धेरै ग्राहकहरुल यसै समयमा नयाँ फोन किन्ने योजना बनाएका हुन्छन्।

उनले भनिन्, ‘आर्कषक छुट पाइने भएरै धेरैले दशैंमा नयाँ फोन किन्ने सोच बनाएका हुन्छन् भने यस समय कारोबार पनि दोब्बर हुने गर्दछ।’

यस्ता छन् दशैं तिहार अफर ल्याएका मोबाइल कम्पनीका अफरः

एप्पल

नेपालका लागि आइफोनको आधिकारिक वितरक ‘जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स प्रालि’ले दशैँ र तिहारको अवसर पारेर अफर सार्वजनिक गरेको छ। प्रा.लि.का अनुसार ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का तथा म्याकबुकको खरिदमा विशेष उपहार प्राप्त गर्न सक्नेछन्।

कम्पनीले जनाए अनुसार प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ भने यसका अतिरिक्त प्रत्येक आइफोन/म्याकबुकको खरिदमा ग्राहकहरुले प्लाटिनम होटलको निःशुल्क डिनर टिकट प्राप्त गर्नेछन्।

अफरमा सहभागी हुनका लागि ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ। यसबाहेक कम्पनीले आइफोन र म्याकबुकको हालको मुल्यमा मोडल अनुसार छुट समेत दिएको छ।

सामसुङ

सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै ‘उत्सवको उमंग सामसङसँग परिवार दङ्ग’ योजना प्रस्तुत गरेको छ।

यस योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्टफोनको खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने छ। यस योजना कार्तिक १ गतेसम्म लागू हुनेछ।

भाग्यशाली विजेता भाद्र २२ गते देखि आश्विन १० गतेसम्म र आश्विन १८ गतेदेखि कार्तिक १ गतेसम्म ३५ दिन लगातार छनौट गरिने कम्पनीले जनाएको छ। यसरी दैनिक एकजनाका दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसाङ होम अप्लाइन्सहरु घर लैजाने अवसर प्राप्त गर्न सक्नेछन्।

यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभि, डबल डोर रेफ्रिजेनेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड बासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने छन्।

यस योजनामा सहभागी हुन मोबाइलको मेसेजमा गई किनिएको मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ ।

एसएमएसपठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाट टै ग्राहकलाई दिन्छ। यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ।

एचटिसी

एचटिसीले पनि दशैं र तिहारका लागि कम्पनीका स्मार्टफोनहरुको खरिदमा चाँदीका सिक्का उपहार स्वरुप प्रदान गरेको छ।

एचटिसीका नेपालका लागि आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले दसैँ र तिहारको अवसरमा ग्राहकहरुले प्रत्येक एचटिसी फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क पाउने जनाएको छ।

हुवावे

हुवावेका बजार व्यवस्थापक समित प्रधानाङ्ग अफर तथा छुटले कम्पनी तथा ग्राहक दुबैलाई राम्रो गर्ने मत राख्छन्।

उनी अफर दिँदा ग्राहकहरुमा ब्राण्डप्रति आर्कषण बढ्ने तथा कम्पनीहरुले पनि धेरै कारोबार गर्न सक्ने हुनाले दुबैलाई यसले लाभ गर्ने बताउँछन्।

उनले दिएको जानकारी अनुसार हुवावले दशैं लक्षित अफर ल्याएको छ। हुवावेले ‘उपहार यस्तो हरेक घण्टा रमाउँ जस्तो’ नाम दिइएर सार्वजनिक गरेको यस योजना अवधिभर ग्राहकले कुनैपनि हुवावेका स्मार्टफोनको खरिदमा एक अर्को फोन वा पावरबैंक जित्न सक्नेछन्।

यसका लागि ग्राहकले फोन किने पश्चात ‘हुवावे एक स्पेस र १५ डिजिटको फोनको आएमइआइ नम्बर’ विहान ११ देखि ७ बजेभित्रमा ३२२०० मा एसएमएस गर्नुपर्ने छ।

कम्पनीले जनाए अनुसार यो योजना अन्र्तगत ४ सय भाग्यशाली ग्राहकलाई उपहार दिइने छ।

योजना असोज ९ गतेसम्म चल्ने हुवावेले उल्लेख गरेको छ।

कलर्स

कलर्स मोबाइलले पनि आफ्ना पी७० सेल्फी, पी५५ वा पी४५ को खरिदमा १०० प्रतिशत क्यास ब्याक तथा आर्कषक उपहारको योजना सार्वजनिक गरेको छ।

यस उपहार जित्नका लागि कलर्स (त्यसपछि एक स्पेस दिई) आइएमइआई नम्बर लेखी नेपाल टेलिकमका प्रयोगकर्ताहरुले ६००० तथा एनसेल प्रयोगकर्ताले ३६००० मा एसएमएस पठाउनुपर्नेछ।

यस पश्चात एसएमएसकर्ताको फोनमा एक कोड नम्बर आउनेछ र त्यसै नम्बरलाई आधार मानेर लक्की ड्रमर्फत विजेता घोषणा गरिनेछ।

यस योजना अन्र्गगत हरेक हप्ता ५० जना भाग्यशाली ग्राहकलाई उपहार दिइने कम्पनाीले जनाएको छ।

अफर कार्तिक ९ गतेसम्म जारी रहने कम्पनीले उल्लेख गरेको छ।

जिओनी

जिओनीले पनि दशैंका लागि ‘जिओनी उत्सव खुसियाली, सिँगापुर यसपाली’ नामक योजना ल्याएको छ।

योजना अनुसार प्रत्येक जियोनी मोवाइल सेट खरिद गर्ने ग्राहकले एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन्। यस स्क्रयाच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार, १२ जना ग्राहकले जिओनी मोवाइल सेट  वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सक्नेछन्।

यो योजना अन्र्तगत हरेक ग्राहकले हात खाली नजाने गरी निश्चित पुरस्कार समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ।

जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली” योजना काठमाडौँ उपत्यका भित्र कात्तिक १० गतेसम्म कायम रहने छ।

माइक्रोम्याक्स

मोबाइल उत्पादक कम्पनी माइक्रोम्याक्सले दशैं र तिहारको अवसर पारेर ‘ग्राण्ड फेस्ट अफर’ सार्वजनिक गरेको छ।

चाडबाडको अवसरमा ग्राहकलाई केही सहुलियत दिने तथा अन्य समयभन्दा फोनको कारोबारमा वृद्धि हुने भएकाले कम्पनीहरुले अफर तथा छुटको व्यवस्था गर्ने गरेको माइक्रोम्याक्सका बजार व्यवस्थापक धिरेन्द्र कुशवाहले बताउँछन्।

उनका अनुसार माइक्रोम्याक्सले ‘बाइकको राइड–दुबईको फ्लाईट, अन्य उपहारले जिन्दगी ब्राइट’ नारा दिई अफर ल्याएको छ।

सार्वजनिक गरिएको अफरमा पक्का नगददेखि १५५ सीसीको सुजुकीको जिक्सर बाइकको बम्पर पुरस्कार प्राप्त गर्न सकिने छ।

यस पुरस्कारको लागि फोनको खरिदमा प्राप्त हुने स्क्रयाच कुपनमा भएको कोड नम्बरको आधारमा लक्की ड्रमा सहभागी गराईने र एक जना भाग्यशाली विजेतालाई जिक्सर बाइक प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।

यस बाहेक एक जोडीका लाई दुबई टूर प्याकेज, ब्राभोस ब्राण्डको ८ वटा एलईडी टिभीहरु र ८ वटा माइक्रोम्याक्स मोबाइलसेटहरु रहेका छन्।

त्यस्तै ग्राहकहरुले हरेक माइक्रोम्याक्सको हरेक सेटको खरिदमा कुपन स्क्र्याच गरेर तत्काल छुट सेमत प्राप्त गर्न सक्नेछन्।

अफर कार्तिक १० गतेसम्म जारी रहने कम्पनीले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.