सबैभन्दा छोटो फोन सार्वजनिक, यस्ता छन् फिचर्स


भारतमा सबैभन्दा छोटो फोन सार्वजनिक गरिएको छ। Elari NanoPhone C नाम राखिएको यस फोनलाई NanoPhone नामक कम्पनीले तयार पारेको हो भने यसलाई भारतिय इ­कमर्श साइट Yerha.com राखिएको छ।

यो फोन डेविट वा क्रेडिट कार्डको साइज भन्दा पनि सानो रहेको छ।

यसको मूल्य ३ हजार ९ सय ४० भारु अर्थात करिब ६ हजार ३ सय रुपैंयाँ निर्धारण गरिएको छ।फोनमा २८० एमएएच ब्याट्री समावेश गरिएको छ भने मिडियाटेक एमटी६२६१डी चिपसेट तथा ३२ एमबी र्याम छ।

३२ एमबी इन्टरनल मेमोरी कार्ड छ भने ३२ जीबी मेमोरी कार्ड समावेश गरिएको छ।

एक इन्च टिएफटी डिस्प्ले सिक्रन भएको फोनमा एमपीथ्री प्लेयर, एफएम रेडियो, फोन रेकर्डिङ लगायतका फिचर्स छन्।

फोनको वजन ३० ग्राम छ भने ९४.४×३५.८५×७६ एमएम डाइमेन्सन् रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.