ग्यालेक्सी ‘नोट 8’ को र्‍याम ८ जीबी हुने !


सामसुङको आगामी स्मार्टफोन ग्यालेक्सी नोट ८ काबारेमा निकै चर्चा भइरहेको छ। यसमा ६ जीबी र्याम हुने कुराले मोबाइल बजार र ग्राहक सबैको ध्यानाकर्षण गराइरहेको छ।

प्रविधिसम्बन्धी समाचारमाध्यमले भने यसमा अझै रोचक खबर बाहिरिएको बताएका छन्। उनीहरुका अनुुसार सामसुङ नोट ८ को अर्को संस्करण पनि आउने देखिएको छ।

यो नोट ८ को ‘एम्पेरर’ संस्करण हुनेछ र खास विशेषता यसको र्याम हुनेछ। यसमा ८ जीबी र्याम र २५६ जीबी स्टोरज हुने बताइएको छ।

त्यस्तै, २५ अगस्टमा अस्ट्रेलियामा यो फोनको अग्रिम बुकिङ खुलाइने पनि बताइएको छ। ८ जीबी र्याम र २५६ जीबी स्टोरज भएकै फोन दक्षिण कोरिया र चीनमा सार्वजनिक गरिने पनि समाचारमाध्यमले जनाएका छन्। यो फोन कालो, निलो र खरानी रङमा उपलब्ध हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.