शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रूपमा घटाएको घोषणा गरेको छ।
उक्त स्मार्टफोन अब नेपाली बजारमा ५९ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने भएको हो।
यसअघि १२ जिबी र्याम र ५१२ जिबी स्टोरेज क्षमताको शाओमी १४टी को मूल्य ६४ हजार ९९९ रूपैयाँ तोकिएको थियो।
लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ।
घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, “शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो।
लाइका क्यामरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ। अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने प्रतिबद्धता रहेको कम्पनीले बताएको छ।
मुख्य विशेषताहरूः
- लाइका ट्रिपल क्यामेरा– ५० एमपी मुख्य, १२ एमपी अल्ट्रा–वाइड र ५० एमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४के भिडिओ खिच्न सकिने क्षमता
- मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर– शक्तिशाली ४ नानोमिटर चिप र एलपिडिडिआर ५एक्स र्यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ
- १४४ हर्ज एमोलेड डिस्प्ले– ६.६७ इन्चको स्क्रिन, १.५के रिजोल्युसन र एचडिआर १०+ सपोर्ट।
- स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको।
- छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेगाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आइपी ६८ प्रमाणित सुरक्षा भएको
उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको कम्पनीको भनाइ छ।
यो टाइटन ब्लयाक (कालो), ग्रे (खौरो) र ब्लु (निलो) तीन आकर्षक रंगमा उपलब्ध छ।