नेपालमा मनाइँने सबैभन्दा ठूलो चाड दसैँ हो। दसैँमा नयाँ कपडा लगाउने मिठो खाने, मान्यजनको अर्शिवाद लिने परम्परा चलिआएको छ। विशेषत दसैँ भन्ने बित्तिकै हाम्रो दिमागमा टिका–जमरा, मालश्री धुन, पिङ, चङ्गा र खसीको चित्र आउछ।
दसैँमा खसी काट्ने परम्परानै हो भन्दा फरक पर्दैन। यो समयमा सक्नेले सिङ्गै खसी र नसक्नेले अर्को परिवारसँग मिलेर भनेपनि खसी काट्ने गर्छन्। घरमा खसी काट्दा धेरै परिमाणमा मासु स्टोर गरेर राख्न नजान्दा मासु बिग्रन सक्छ र त्यो मासुले हाम्रो शरिरमा फाइदाको सट्टा बेफाइँदा पुर्याउछ।त्यस्तै रामै्र मासु पनि राम्रोसँग प्रयोग गर्न नजान्नाले त्यसबाट पाउन सक्ने पौष्टिक तत्व प्राप्त गर्न सकिँदैन। मासुबाट १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । त्यस्तै यसमा भिटामिन बि, जिंक, पोटासियमजस्ता तत्वहरू पनि पाउन सकिन्छ।
यस्तो गुणकारी चिजमा हामीले सानो लापरबाहीले गर्यौ भने उत्तिकै हानिकारक हुन्छ भन्नेमा दुइमत छैन।
त्यस्तै मासु काट्ने ठाँउ सफा सुग्धर नभए यसले बिभिन्न सरुवा रोगहरु समेत निम्त्याउने चिकित्सकहरु बताउछन्। यस्तै सानो तिनो कुरामा ध्यान नदिनाले चार्डबाडको लगत्तै अस्पतालमा बिरामीको चाप बढ्ने गरेको जानकारहरु बताउछन्। यो समयमा धेरैजसो फुड प्वाइजन’का बिमारीहरू धेरै आउने चिकित्सकहरुको अनुभव छ।
सही तरीकाले मासु पकाउन नजान्दा ,खान नजान्दा, स्टोर गर्न नजान्दा र सरसफाईमा ध्यान नदिदा मासुले हाम्रो शरिरमा नराम्रो असर पार्छ
कस्तो मासुबाट रोग लाग्छ ?
– सडेगलेको मासु खाएमा
– नपाकेको, काँचो तथा पोलेको कालो मासु खाएमा
– मासु राखेको फ्रिज चलेन भने वा धेरै बेर फ्रिज बाहिर राखेको मासु खाएमा
– जनावर काट्ने बित्तिकै तत्काल पकाएर खाएमा
– बिरामी पशुपन्छीको मासु खाएमा
– मासु पकाउने ब्यक्ति स्वस्थ छैन भने
– मासु काट्ने हतियार, अचानो, स्थान सफा नभएमा
यसरी छान्नुहोस स्वस्थ्य मासु
– मासु हलुका गुलाबी, हरियो तथा प्याजी रंगको भएमा त्यस्तो मासु खानु हुदैन।
–अमिलो र बिग्रिएको जस्तो गन्द आएको मासु खानु हुदैन।
– मासु फ्रिजमा छोपेर राख्नुपर्छ र फ्रिज चालु अवस्थामा छ कि छैन याद गर्नुपर्छ।
– मासु समाउँदा वा काट्दा तन्केको जस्तो हुनु हुँदैन ।
– तराजु मासु काट्ने मानिस, लगाएको कपडा, मासुकाट्ने हतियार, मासु काट्ने स्थान आदी सफा छ कि छैन याद गर्ने।
कस्तो मासु नखाने?
–फ्रिजमा धेरै समय राखेको मासु नखाने
–खुला ठाँउमा राखेको मासु नखाने।
–काँचो मासु नखाने
–मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुने हुदा यस्तो मासु सकेसम्म नखाने।
–धेरै मसला तथा चिल्लो भएको मासु नखाने।
– बोसो तथा छालाको सकेसम्म प्रयोग नगर्ने
दसैंमा समयमा बिषेश ध्यान दिनुपर्ने कुराहरु
– खसी किन्नु भन्दा पहिले स्वस्थ्य छ की छैन भनेर जाच्ने।
–मासु नै किनेर ल्याउने भए बिश्वासिलो पसल बाट मात्र ल्याउने।
– मासु काट्ने र पकाउने ठाँउको सरसफाईमा बिशेष ध्यान दिने।
– मासु खानेवित्तीकै दही, आइसक्रिम लगाएत क्रिमका परिकारहरुको प्रयोग नगर्ने
–मासुको प्रयोग गर्दा अधिकतम सागसब्जी, सलाद आदीको पनि प्रयोग
– अत्याधिक मासु प्रयोग नगर्ने।
– नियमित व्यायाम तथा कसरतमा गर्ने
– आफु स्वस्थ नभएको जस्तो महसुुस भएमा माछा–मासुको नगर्ने।
– मासु भण्डारण गरेको ठिक छ कि छैन जाँच गर्ने।
दुई दशकदेखि क्रियाशिल वरिष्ठ सेफ कुमार चालिसेको सहायताले तयार पारिएको हो। उनी अष्ट्रेलियको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्धारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लािग ‘सर्टिफाइड’ सेफ हुन्। हाल उनी बाजेको सेकुवामा कर्पोरेट सेफ तथा काठमाडौँको ‘गेट कलेज’ मा सेफ तथा निरिक्षकका रुपमा कार्यरत छन्।त्यस्तै उनले पाक्शास्त्रमा आधारित तीन पुस्तक लेखेका छन् भने नेपाली खानाका परिकारहरुको इतिहास सम्बन्धी पुस्तक प्रकाशनको क्रममा रहेको छ। यस बाहेक उनले डेढ दर्जनभन्दा बढि देशहरुमा नेपाली खानाका विभिन्न परिकारहरुको प्रवद्धन गर्ने कार्यक्रमहरु समेत आयोजना गरेका छन्।