दसैँ लागेसँगै किनमेल गर्नेको चहलपहल निकै बढेको छ। यो चहलपहल सामान्य किराना पसलदेखि ठूला मलसम्म देख्न सकिन्छ। राजधानीका इलेक्ट्रोनिक्स पसलहरुमा टिभी तथा फ्रिज, वासिन मेसिन लगायत होम अप्लायन्सको कारोबार निकै बढेको व्यापारीहरु बताउँछन्। यसमा पनि फ्रिज खोज्दै आउनेको संख्या धेरै रहेको उनीहरुको भनाइ छ।
कुमारीपाटीस्थित कुमारीपाटी टिभी सेन्टरका सेल्सम्यान राधेश्याम केसीका अनुसार गर्मीको सिजन, दसैँतिहार जस्ता चाडपर्व र विवाहको लगन जुर्ने महिनामा फ्रिजको बिक्री ज्यादा हुने गर्छ। दसैँ नजिकिँदै गर्दा फ्रिजको कारोबारमा करिब दोब्बरले वृद्धि भएको उनी बताउँछन्।
उनका अनुसार सिङ्गल डोर, डबल डोर तथा साइड वाइड साइड, लार्ज गरी विभिन्न साइजका फ्रिज बजारमा पाइए पनि सिङ्गल तथा डबल डोर नै खोज्न धेरै आउँछन्। समयसँगै फ्रिजको डिजाइन र विशेषताहरु पनि थपिँदै गएका छन्। विगतको समयमा बजारमा उपलब्ध हुने फ्रिज र अहिलेको फ्रिज हेर्दा निकै भिन्नता भेट्न सकिन्छ।
‘पहिले थोरै क्षमता तथा एउटा मात्र डोर भएका फ्रिज हुने गरेकोमा पछिल्लो भने आफूले खोजे जस्तो डिजाइनमा फ्रिजहरु पाइन्छ, यसले गर्दा व्यक्तिको कोठाको आकार तथा प्रयोजनलाई सुहाउँदो फ्रिज छनौट गर्ने अवसर बढेको छ’ उनले भने। त्यस्तै मूल्य पनि समय अनुकुल सस्तो हुँदै गएको उनको अनुभव छ।
फ्रिज किन्नु भन्दा अघि डिजाइन, विशेषता, विद्युत खपत र आफूले कुन प्रयोजनका लागि किन्न लागेको हो भन्ने कुरामा ध्यानदिनु पर्ने व्यापारीहरुको सुझाव छ। यदी घरायसी प्रयोजन हो भने थोरै स्थान ओगट्ने, कम क्षमताको नै किन्दा उपयुक्त हुने केसी बताउँछन्।
पसल, होटल वा अन्य व्यापारिक कामको लागि भने धेरै लिटर क्षमता तथा त्यसै अनुरुपको डिजाइनमा ध्यान दिनुपर्नेमा उनको सुझाव छ।
कम विद्युत् खपत गर्ने, स्टेब्लाइजरको प्रयोग गर्नु नपर्ने र सुहाउँदो मूल्य फ्रिज किन्दा अरु ध्यान दिनुपर्ने पक्ष हुन्। दसैँलाई लक्षित गरेर धेरै कम्पनीले फ्रिज लगायतका होम अप्लायन्सको खरिदमा विशेष छुट दिएका छन्।
एलजीले डबल डोर फ्रिजमा ३ हजार ३३० मूल्य पर्ने पिजन मिक्सर ग्रिण्डर तथा साइड् बाई साइड, डोर इन डोर र बटम फ्रिजर रेफ्रिजेरेटरको खरिदमा १३, १९० मूल्य बराबरको सोलो माइक्रो ओभन निशूल्क रुपमा पाइने जनाएको छ।
त्यस्तै सामसङले पनि आफ्ना सबै फ्रिजको खरिदमा १२ देखि २२ प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ। तर यसका लागि भने सामसङको आधिकारिक स्टोरबाट मात्र फ्रिज किन्नु पर्ने कम्पनीले जनाएको छ। सिजीले पनि सबै फ्रिजमा २० प्रतिशत नगद छुट दिएको छ। सिजीका मार्केटिङ तथा ब्राण्ड व्यस्थापनका दिवाकर नगरकोटीले दसैँको शुभ अवसरमा अशिर्वाद, आत्मियता र उपहार बाँड्ने सिजीको परम्परालाई निरन्तरता दिन छुट योजना ल्याइएको बताए।
तर भिडियोकन, हाइसेन्स, वर्लपुल जस्ता चलेका कम्पनीले भने दशैंको अवसरमा छुट सार्वजनिक गरेका छैन्न। इलेक्ट्रोनिक पसल तथा अनलाइन स्टोरहरु आफैले दसैँलाई भनेर यी र अन्य कम्पनीका फ्रिजमा विशेष छुट भने दिएका छन्। यदी तपाईको आवश्यकता फ्रिजको हो भने हेर्नुस विभिन्न कम्पनीहरुले उपलब्ध गराएको विवरण अनुसार बजारमा रेफ्रिजेरेटरहरुको मूल्यः
सिजी (सिंगल र डबल डोरमा उपलव्ध)
लिटर क्षमता |
मूल्य (रुपैयाँ) |
अफर मूल्य |
५० |
१४,३९० |
११,४९० |
९० |
१६,५९० |
१३,२९० |
१५० |
२०,८९० |
१६,६९० |
१७० |
२१,६९० |
१७,२९० |
१७० |
२२,६९० |
१८,०९० |
१९० |
२३,३९० |
१८,६९० |
१९० |
२५,०९० |
२०,०९० |
२१५ |
२६,९९० |
२१,५९० |
२४० |
३२,३९० |
२५,८९० |
२५० |
३६,९९० |
२९,५९० |
एलजी (सिंगल/डबल डोर/साइड बाइ साइडमा उपलव्ध)
लिटर क्षमता |
मूल्य (रुपैयाँ) |
१३० |
२१,१९० |
१८५ |
२२,९९० देखि २६,४९० |
१९० |
२५,८९० देखि ३१,४९० |
२४० |
३८,६९० देखि ४२,५९० |
२५८ |
४३,७९० देखि ५२,६९० |
२८५ |
४५,९९० देखि ५७,२९० |
३१० |
५७,०९० देखि ६५,९९० |
२८५ |
५८,९९० |
४२२ |
७२,०९० देखि ७९,९९० |
४९१ |
८१,९९० देखि ८७,९९० |
४११ |
१,३०,९९० |
५०७ |
१,४७,९९० |
५०६ |
२,०३,४९० देखि २,२५,४९० |
५२८ |
२,१२,२९० |
६८७ |
२,१९,५९० |
हाइसेन्स (सिंगल डोर/डबल डोर/साइड बाइ साइडमा उपलव्ध )
लिटर क्षमता |
मूल्य (रुपैयाँ) |
११० |
१६,००० देखि १६,५०० |
१५५ |
२३,००० |
१७० |
२२,५०० देखि २३,८०० |
१९० |
२४,००० देखि २५,५०० |
२३० |
२९,००० |
४८० |
९२,३०० |
५६२ |
१,३६,००० |
वर्लपुल (सिंगल र डबल डोरमा उपलव्ध)
लिटर क्षमता |
मूल्य (रुपैयाँ) |
१८५ |
१४,३९० |
१९० |
१,६५,९० |
२१५ |
२९,८०० देखि ३१,५०० |
२४५ |
३३,५०० देखि ४९,००० |
२८० |
३८,२०० |
२६५ |
५१,५०० |
२९० |
५३,५०० |
२४० |
५२,३०० |
४४५ |
७८,००० |
४८० |
८२,५०० |
भिडियोकोन (सिङ्गल तथा डबल डोरमा उपलव्ध)
लिटर क्षमता |
मूल्य (रुपैयाँ) |
१९० लिटर |
२१,९०० |
२२५ लिटर |
२४,९०० |
२४५ लिटर |
२९,९०० |
उल्लेखित मूल्यमा पसल तथा तीनले दिने अफर अनुसार फरक पर्न सक्छनेछ।