मिलेनियम बेबी केयरका तीन उत्पादन बजारमा

मिलेनियम बेबी केयरका तीन उत्पादन बजारमा


भारतको मिलेनियम बेबी केयरले आफ्ना तीन उत्पादन नेपाली बजारमा ल्याएको छ। कम्पनीले आफ्नै उत्पादन यूनिट भएको डायमण्ड नेपालसँग सहकार्य गर्दै ति उत्पादन भित्र्याएको हो।

भारत र यूएईमा यसअघि सार्वजनिक गरिसकेको मिलेनियम बेबी केयरले आफ्नो ब्राण्ड बट टम, पापिमो बेबी प्याण्ट डाइपर र फ्रि मी स्यानिटरी न्यापकिन्स नेपालमा सार्वजनिक गरेको हो। यी ब्राण्डहरु अब नेपाल, भारत र दुबईमा उपलब्ध छन्।

मिलेनियम बेबी केयरको ससक्त उत्पादन बेबी पुलअप प्यान्ट स्टाइल डाइपर यस उद्योगमा पछिल्लो नविनतम डिजाइन रहेको कम्पनीको दावी छ।

नरम कटनसहितको सामाग्री, पूर्ण सुख्खा, तत्काल सोस्ने र ताजा हावा पस्ने सामाग्रीहरुको विशेषता यसमा रहेको कम्पनीले जनाएको छ। यो सानो, मध्यम र ठूलो साइजमा बजारमा उपलब्ध छ। सानो साइजमा बमटम ७२० रुपैयाँको ४६ पिस, मध्यम साइजको ३६ पिस र ठूलो साइजमा ३४ पिस उपलव्ध हुने कम्पनीले जनाएको छ।

त्यस्तै फ्रि मी स्यानिटरी न्यापकिन्सको २४० एमएममा ८ पिसको ५२ रुपैयाँ, २८० एमएममा ७ पिसको ६४ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.