म्याकक्वँका घरायसी सामग्री नेपालमा


भारतीय घरायसी सामग्री ब्रान्ड म्याकक्वँका उत्पादन नेपाली बजारमा भित्रिएका छन्। नेपालको सुभानी इन्टरप्राइजले उक्त ब्रान्डका ग्याँस चुलो, मिक्स्चर र एयरकुलर नेपाली बजारमा भित्र्याएको छ।

तत्कालको लागि सिमित सामग्रीमात्र नेपाली बजारमा ल्याइएको र आगामी दिनमा अन्य सामग्री पनि ल्याउँदै गर्ने सुभानी इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत रुपकुमार क्षत्रीले जानकारी दिए।

दुई मुखे चुलोको उपभोक्ता मूल्य पाँचहजार ६ सय रुपैयाँ र तीन मुखेलाई ७ हजार ८ सय रुपैयाँ पर्ने क्षेत्रीले जानकारी दिए।
त्यस्तै मिक्स्चरको क्षमताअनुसारको फरक मूल्य रहेको उनले बताए। उनका अनुसार न्यूनतम ३ हजार ५ सय देखि १२ हजार ५ सय रुपैयाँ मूल्य पर्ने मिक्स्चरहरु रहेका छन्।
विभिन्न मोडलमा उपलब्ध एयर कुलरको मूल्य पनि ९ हजारदेखि २१ हजार रुपैयाँसम्म रहेको क्षेत्रीले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.