हिमस्टारका चार नयाँ वासिङ मेसिनहरु बजारमा


हिम इलेक्ट्रोनिक्सले चार नयाँ वासिङ मेसिन भित्र्याएको छ।

कम्पनीले हिमस्टारको ६. ५ केजीको एउटा टप लोडिङ्ग, ६.५ केजीदेखि १० केजी क्षमतासम्मका ३ फ्रन्ट लोडिङ्ग वासिङ मेसिनहरु भित्र्याएको हो। ६.५ केजी, ७.५ केजी र १० केजीको क्षमतामा फ्रन्ट लोडिङ मेसिनहरु उपलव्ध छन्।

फ्रन्ट लोडिङ्ग मोडलका यी मेसिनहरुमा विभिन्न १५ विशेषताहरु उपलव्ध छन्। इन्टेलिजेन्स कन्ट्रोल, एलईडी डिस्प्ले, टेम्प्रेचर रेगुलेसन, १५–१८ मिनेट क्विक वास, १–२४ आवर डिले स्टार्ट, चाइल्ड लक फग्ङसन्, पावर अफ मेमोराईजेसन, ३०–३३ सेन्टिमिटर डोर अपरेटिङ डायमिटर रहेका छन्।

टप लोडिङ मोडल ६ प्रोग्राम विशेषतासहित आएको छ। जसमा एलईडी डिस्प्लेसहितको इलेक्ट्रोनिक कन्ट्रोल, अटो ब्यालेन्स सिस्टम, ओभरहिटिङ कन्ट्रोल, बजर, अप्सन वाटर पम्प, अप्सनल डबल इन्लेट तथा ६८० आरपीएमको स्पीनस्पीड रहेको छ।

यी वासिङ मेसिनहरु १ वर्षको वारेण्टिका साथ बजारभर उपलब्ध छन् । यिनको मूल्य ३२ हजार ५९० देखि ६८ हजार २९० सम्म पर्ने हिम इलेक्ट्रोनिक्सले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.