सामसङको क्यूलेड टिभी बजारमा, बुकिङ गर्दा एस ८ र एस ८ प्लस मोबाइल पाइने


सामसङ इलेक्ट्रोनिक्सले (QA55Q7 / QA65Q8) दुई मोडलको क्युलेड टिभी बजारमा ल्याएको छ। नयाँ सामसङ क्युलेड टिभिमा हाइ डाइनामिक रेन्ज प्रविधि प्रयोग गरिएएको कम्पनीले जनाएको छ।

क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्न मिल्ने गरी क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ। अफ एङ्गल भ्यूइङ र यसमा प्राप्त भएको केवल एक रिमोट कन्ट्रोलरले घरका हरेक उपकरणहरु सञ्चालन गर्न सकिने कम्पनीले बताएको छ।
क्युलेड टिभि हाल दुई मोडलहरु मध्ये  QA55Q7 मोडलको सुरुवाती मूल्य ४ लाख ५० हजार र QA65Q8 को सुरुवाती मूल्य ६ लाख ५० हजार राखिएको छ।

दुबै मोडलका टिभी किन्दा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ। बुकिङ् अफरमा सुरुवाती मूल्य को साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभी QA55Q7 मोडलको खरिदमा सामसङ ग्यालेक्सी एस ८ र QA65Q8 को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्न सकिने छ।
यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो भने दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागु हुने छ।
अफर साउन ३१ गतेसम्म मात्र रहने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.