स्वास्थ्यका कारणले रातो मासु खान नहुनेका लागि अस्ट्रिचको मासु राम्रो विकल्प हुन सक्छ।
पछिल्ला केही वर्षदेखि नेपालमा अस्ट्रिचको व्यवसायिक उत्पादन सुरू भइसकेको छ। यदि तपाईं पनि अस्ट्रिचको मासु खाने सोच्नुभएको छ भने आज हामी तपाईंलाई यसको ग्रेभी बनाउन सिकाउँदै छौं।
यो परिकार बनाउने विधि सिकाउन हामीलाई सेफ कुमार चालिसेले मद्दत गरेका हुन्।
अस्ट्रिच ग्रेभी बनाउन चाहिने सामग्रीः
- टुक्रा पारिएको अस्ट्रिच मासु
- सूर्यमुखी तेल
- प्याज
- गरम मसला
- लेदो बनाएर पिसेको अदुवा-लसुन
- गोलभेँडा
- बेसार
- नुन
- करी पाउडर
- जिराको धूलो
- हरियो धनियाँ
बनाउने तरिकाः
कराही वा प्यानमा ठीक मात्रामा तेल राखेर तताउने। त्यसपछि टुक्रा पारेको प्याजलाई हल्का खैरे हुन्जेलसम्म तताएपछि त्यसमा मासु राख्ने।
प्याज र मासुलाई राम्ररी चलाएर मासुको परिणाम अनुसार ५ मिनेटसम्म त्यसरी राख्ने। त्यसमा अदुवा र लसुनको पेष्टलाई राखेर थप २ मिनेट पकाउने। त्यसपछि बेसार, करी पाउडर, जिरा र खुर्सानीको धूलो राख्ने। त्यसलगत्तै पिस बनाएको गोलभेंडा पनि राख्ने।
आवश्यकता अनुसारको तातो पानी राखेर स्वाद अनुसारको नुन राखेर उमालेपछि प्रेसर कुकरमा राखेर २-४ सिठ्ठी लागाउन पनि सकिन्छ। यसपछि अस्ट्रिच ग्रेभी तयार हुन्छ।
त्यसमा हरियो धनिया राखेर स्वाद सुन्दरता अझै बढाउन पनि सकिन्छ।
यी पनि हेर्नुस्ः
च्याङ्ग्राको मासु ल्याउनुभएको छ भने यसरी पकाउनुस् !
खसीको मासुबाट यसरी बनाउन सकिन्छ युरोपको चर्चित परिकार
कुखुराको मासुको स्वादिलो परिकार खान मन छ? यसरी बनाउनुहोस् चिकेन क्रिस्पी
यसरी सजिलै पकाउन सकिन्छ स्वादिलो चिकेन अफ्रिटाडा
मटन बिरयानी बनाउने हो? यस्तो छ तरिका