दसैँ लागेसँगै किनमेल गर्नेको चहलपहल निकै बढेको छ। यो चहलपहल सामान्य किराना पसलदेखि ठूला मलसम्म देख्न सकिन्छ।
राजधानीका इलेक्ट्रोनिक्स पसलहरुमा टिभी तथा फ्रिज, वासिङ मेसिन लगायत होम अप्लायन्सको कारोबार बढेको व्यापारीहरु बताउँछन्।
कुमारीपाटीस्थित सिजी शोरुमका इन्चार्ज भिक्की शाहीका अनुसार गर्मीको सिजन, दसैँतिहार जस्ता चाडपर्व र विवाहको लगन जुर्ने महिनामा फ्रिजको बिक्री ज्यादा हुने गर्छ। दसैँ नजिकिँदै गर्दा फ्रिजको कारोबारमा करिब दोब्बरले वृद्धि भएको उनी बताउँछन्।
उनका अनुसार सिङ्गल डोर, डबल डोर तथा साइड वाइड साइड, लार्ज गरी विभिन्न साइजका फ्रिज बजारमा पाइन्छन्। यीमध्ये सिङ्गल तथा डबल डोर नै बढी बिक्री हुने गरेको उनले बताए।
समयसँगै फ्रिजको डिजाइन र विशेषताहरु पनि थपिँदै गएका छन्। विगतको समयमा बजारमा उपलब्ध हुने फ्रिज र अहिलेको फ्रिज हेर्दा निकै भिन्नता भेट्न सकिन्छ।
 
‘पहिले थोरै क्षमता तथा एउटा मात्र डोर भएका फ्रिज हुने गरेकोमा अहिले आफूले खोजे जस्तो डिजाइनमा फ्रिजहरु पाइन्छ, यसले गर्दा व्यक्तिको कोठाको आकार, कलर तथा प्रयोजनलाई सुहाउँदो फ्रिज छनौट गर्ने अवसर बढेको छ’ उनले भने। त्यस्तै मूल्य पनि समय अनुकुल सस्तो हुँदै गएको उनको अनुभव छ।
 
फ्रिज किन्नु भन्दा अघि डिजाइन, विशेषता, विद्युत खपत र आफूले कुन प्रयोजनका लागि किन्न लागेको हो भन्ने कुरामा ध्यान दिनु पर्ने व्यापारीहरुको सुझाव छ। यदी घरायसी प्रयोजन हो भने थोरै स्थान ओगट्ने, कम क्षमताको नै किन्दा उपयुक्त हुने व्यापारीहरु बताउँछन्। 
 
पसल, होटल वा अन्य व्यापारिक कामको लागि भने धेरै लिटर क्षमता तथा त्यसै अनुरुपको डिजाइनमा ध्यान दिनुपर्ने व्यापारीको सुझाव छ। १५ हजारदेखि ५० हजारसम्मका फ्रिज ग्राहकको रोजाईमा पर्ने गरेको व्यापारी बताउँछन्। 
 
कम विद्युत् खपत गर्ने, स्टेब्लाइजरको प्रयोग गर्नु नपर्ने र सुहाउँदो मूल्य फ्रिज किन्दा अरु ध्यान दिनुपर्ने पक्ष हुन्। दसैँलाई लक्षित गरेर धेरै कम्पनीले फ्रिज लगायतका होम अप्लायन्सको खरिदमा विशेष छुट दिएका छन्।
हेरौँ कुन कम्पनीको फ्रिजमा कति छुट ?
सिजी फ्रिज (सिङ्गल डोर/डवल डोर)
| 
 क्षमता (लिटरमा) 
 | 
 साबिक मूल्य (रुपैयाँमा) 
 | 
 छुटपछिको मूल्य (रुपैयाँमा) 
 | 
| 
 ६० 
 | 
 १७ हजार ९ सय ९० 
 | 
 १२ हजार ७ सय ९० 
 | 
| 
 १८५ 
 | 
 २५ हजार ८ सय ९० 
 | 
 २० हजार ९ सय ९० 
 | 
| 
 १९० 
 | 
 ३० हजार ७ सय ९० 
 | 
 २४ हजार ९ सय ९० 
 | 
| 
 २०० 
 | 
 ३३ हजार ६ सय ९० 
 | 
 २७ हजार ६ सय ९० 
 | 
सामसुङले पनि आफ्ना फ्रिजहरूमा १३ देखि १७ प्रतिशत सम्म छुट दिएको छ। सामसुङले पनि आफ्ना फ्रिजहरूमा १३ देखि १७ प्रतिशत सम्म छुट दिएको जनाएको छ। तर यसका लागि भने सामसङको आधिकारिक स्टोरबाट मात्र फ्रिज किन्नु पर्ने कम्पनीले जनाएको छ।
सामसुङ :
| 
 क्षमता (लिटरमा) 
 | 
 साबिक मूल्य (रुपैयाँमा) 
 | 
 छुटपछिको मूल्य (रुपैयाँमा) 
 | 
| 
 १९० 
 | 
 २६ हजार 
 | 
 २१ हजार ५ सय ८० 
 | 
| 
 २१२ 
 | 
 ४० हजार 
 | 
 ३४ हजार ८ सय 
 | 
| 
 २७५ 
 | 
 ५२ हजार ९ सय ९० 
 | 
 ४५ हजार 
 | 
| 
 ३४५ 
 | 
 ७२ हजार ९ सय ९० 
 | 
 ६२ हजार 
 | 
हाइटेक फ्रिज (सिङ्गल डोर/डवल डोर):
| 
 क्षमता (लिटरमा) 
 | 
 साबिक मूल्य (रुपैयाँमा) 
 | 
 छुटपछिको मूल्य (रुपैयाँमा) 
 | 
| 
 २३५ 
 | 
 २८ हजार ५ सय 
 | 
 २४ हजार 
 | 
| 
 १९६ 
 | 
 २३ हजार 
 | 
 २० हजार ५ सय 
 | 
| 
 २३० 
 | 
 ३५ हजार ५ सय 
 | 
 २८ हजार 
 | 
| 
 २३५ 
 | 
 २८ हजार ५ सय 
 | 
 २४ हजार 
 | 
| 
 १९६ 
 | 
 २३ हजार 
 | 
 २० हजार ५ सय 
 | 
| 
 २३० 
 | 
 ३५ हजार ५ सय 
 | 
 २८ हजार 
 | 
एलजी फ्रिज (साइड बाई साइड डोर) :
| 
 क्षमता (लिटरमा) 
 | 
 साबिकको मूल्य  (रुपैयाँमा) 
 | 
 छुटपछिको मूल्य (रुपैयाँमा) 
 | 
| 
 १८१ 
 | 
 १ लाख ७१ हजार ९ सय ९० 
 | 
 १ लाख ४८ हजार ९ सय ९० 
 | 
| 
 २६३ 
 | 
 २ लाख १९ हजार 
 | 
 १ लाख ९१ हजार ५ सय ९० 
 | 
| 
 २६२ 
 | 
 ३ लाख २७ हजार ७ सय ९० 
 | 
 २ लाख ८५ हजार ९ सय ९० 
 | 
डवल डोर
| 
 क्षमता (लिटरमा) 
 | 
 साबिकको मूल्य  (रुपैयाँमा) 
 | 
 छुटपछिको मूल्य (रुपैयाँमा) 
 | 
| 
 ९२५ 
 | 
 ४५ हजार ८ सय ९० 
 | 
 ४१ हजार ९ सय ९० 
 | 
| 
 २९२ 
 | 
 ५७ हजार ६ सय ९० 
 | 
 ५१ हजार ६ सय ९० 
 | 
| 
 ३०२ 
 | 
 ५९ हजार ५ सय ९० 
 | 
 ५३ हजार ६ सय ९० 
 | 
| 
 ४०२ 
 | 
 ७६ हजार १ सय ९० 
 | 
 ६८ हजार ५ सय ९० 
 | 
| 
 ५०२ 
 | 
 ९३ हजार ५ सय ९० 
 | 
 ८५ हजार ४ सय ९० 
 | 
त्यसैगरी, वर्लपूलका फ्रिजमा सिङ्गल डोरमा २३ हजार देखि माथिको रहेको कम्पनीले जनाएको छ। डबल डोरका २७ हजार देखि माथिको रहेको छ। कम्पनीका अनुसार, साइज अनुसार फ्रिजको मूल्य फरक फरक रहेकोमा दसँै विशेष छुट दिएको छ।