सात मोडलमा हिमस्टारका नयाँ राइस कुकर बजारमा #NepalVotes #NepalElection2017 सात मोडलमा हिमस्टारका नयाँ राइस कुकर बजारमा

सात मोडलमा हिमस्टारका नयाँ राइस कुकर बजारमा


गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले सात मोडलमा नयाँ राइस कुकरहरु बजारमा ल्याएको छ । राइस कुकरका मोडलहरु १ लिटरदेखि २.८ लिटरसम्म उपलब्ध छ।

हिमस्टार राइस कुकरहरु सफा गर्न सजिलो तथा अटोमेटिक कुकिङ्ग फंगसनमा रहेकाले उर्जाको बचत हुने कम्पनीको दावी छ। यी राइस कुकरको डिलक्स २.२ लिटरमा स्टीम गर्ने सुविधा र टफ ग्लास राखिएको छ।

सात मोडलका राइस कुकरहरुको न्यूनतम मूल्य १ हजार ७७० रुपैयाँदेखि ३ हजार सम्म पर्दछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.