फुडमाण्डु हरेकअर्डरमा ७ प्रतिशत छुट दिने #NepalVotes #NepalElection2017 फुडमाण्डु हरेकअर्डरमा ७ प्रतिशत छुट दिने

फुडमाण्डु हरेकअर्डरमा ७ प्रतिशत छुट दिने


काठमाडौंका विभिन्न उत्कृट रेष्टुरेण्टहरुबाट खानाका परिकारहरु घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमाण्डु प्रा. लि.ले  आफ्नो सातौंवर्ष पूरा गरेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ ।

सेवा गुणस्तरलाई अझ बढाउँदै, सेवा प्रदान गर्ने स्थानहरुको परिधी तथा आफुसँग आवद्ध रेण्टुरेण्टहरुको संख्या बढाउँदै लैजाने योजना समेत रहेको फुडमाण्डुका प्रमुख कार्यकारी मनोहर अधिकारीले बताए ।

सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सरुुवात गरेको कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको दावी गरेको छ ।

सातौं वर्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलव्ध गराउने योजना ल्याएको छ । ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एप वा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

१ सय ७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डुले स्वादमा विविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.