रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको मिति तोकिएको छ।
इपिएस शाखाले आगामी मंसिर १ गतेदेखि २०२५को परीक्षा हुने जनाएको हो।
परीक्षार्थीहरूले निर्धारित मिति र समयमा बायोमेट्रिक भेरिफिकेसनका लागि दुई घण्टा अगाडि परीक्षा केन्द्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीको परिसरमा रहेको (युबिटी भवन भैँसेपाटी) उपस्थित हुनुपर्नेछ।
आवश्यक कागजात( राहदानी र रंगिन प्रवेश पत्र) सहित उपस्थित हुन शाखाले परीक्षार्थीहरूलाई आग्रह गरेको छ।