प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम खोज्दै सात लाख ९७ हजार ७ सय २५ जना बेरोजगार युवाहरूले आवेदन दिएकोमा चार हजारले रोजगारी पाएका छन्।
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार चालु वर्षकाे फागुनसम्ममा चार हजार २२३ जना रोजगारीमा संलग्न भएका हुन्।
आर्थिक वर्ष २०८०/८१ मा ७३५ स्थानीय तहमा ८ लाख ८५ हजार १५३ बेरोजगार सूचीकृत भएका थिए।
जसमध्ये ६४ हजार ७३३ जनाले रोजगारी पाएका थिए। उनीहरूले औसत ७९ दिनको रोजगारी पाएका थिए।