इसेवामा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले ललितपुर कार्यालयको लागि इन्टरनेसनल पार्टनरशिप एण्ड बिजनेस ग्रोथ अपिसर माग गरेको हो।
इच्छुकले बिजनेस/फाइनान्स विषयमा स्नातक वा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ। एमबिए तह उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
साथै, सम्बन्धित क्षेत्रमा दुई वर्षको कार्य अनुभव हुनुपर्ने कम्पनीको भनाइ छ।
इच्छुकले पुस १५ गतेसम्म आवेदन दिन सक्नेछन्।