गणपति लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको हो।
सहायक र कनिष्ठ सहायक पदमा आवेदन दिने इच्छुकले प्रतिणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने लघुवित्तमा एक तह मुनि कम्तीमा १ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।
यस्तै, प्रशिक्षार्थी सहायकले एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनु पर्नेछ।
कम्प्युटर सम्बन्धी ज्ञान भएको र ग्रामीण क्षेत्रमा गएर काम गर्न सक्ने इच्छुकले उक्त पदमा आवेदन दिन सक्नेछन्।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका इच्छुकले चैत १७ गतेसम्म आवेदन दिन सक्नेछन्।