श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउँदा कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी हाल कुनै पनि निर्णय नभएको बताएको छ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले भविष्यमा पनि यस्तो किसिमको निर्णय नहुने उल्लेख गरेको छ।
'सरकारले लामो समयदेखि पारदर्शी, खुला र भेदभावरहित भर्ना प्रक्रिया अबलम्बन गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
मलेसियामा कामदार पठाउँदा निश्चित व्यवसायीलाई फाइदा पुग्ने गरी सिन्डिकेट गर्न लागिएको भनी सञ्चारमाध्यमहरूमा छापिएका समाचार सत्य नभएको समेत मन्त्रालयले दाबी गरेको छ।