मिथिला नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा रोजगारीको अवसर खुलेको छ।
नगरपालिकाले करार सेवामा मेडिकल अधिकृत (आठौं तह), नगर प्रहरी नायव निरीक्षक, हेल्थ एसिस्टेन्स (पाँचौं तह), नगर प्रहरी सहायक निरीक्षक (चौथो तह) र नगर प्रहरी जवान (दोस्रो तह) अन्तर्गत कर्मचारी माग गरेको हो।
मेडिकल अधिकृत पदमा आवेदन दिने इच्छुकको योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट जेनेरल मेडिसिन विषयमा एमबिबिएस उत्तीर्ण गरेको र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
नगर प्रहरी नायव निरीक्षक पदमा आवेदन दिने इच्छुकको योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
हेल्थ एसिस्टेन्स पदमा आवेदन दिने इच्छुकको योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ एसिस्टेन्स उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यावसायी परिषदमा दर्ता भएको हुनु पर्नेछ।
यस्तै, नगर प्रहरी सहायक निरीक्षकले प्रविणता प्रमाण पत्र तह वा सो सरह र नगर प्रहरी जवानले एएलसी वा एसइई उत्तीर्ण गरेको हुनु पर्नेछ।
इच्छुकले चैत १ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।
