बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रोजगारीको अवसर खुलेको छ।
प्रतिष्ठानले शाखा अधिकृत (लेखा) र एकाउन्टेन्ट पदमा करार सेवाका लागि कर्मचारी माग गरेको हो।
शाखा अधिकृत पदमा आवेदन दिने इच्छुकको योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य विषयमा स्नातकोत्तर उत्तीर्ण र एकाउन्टेन्ट पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
उमेर हद पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।
शाखा अधिकृत पदको लागि दुई हजार २५० रूपैयाँ र एकाउन्टेन्ट पदको लागि एक हजार पाँच सय रूपैयाँ परीक्षा दस्तुर लाग्नेछ।
इच्छुकले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।