नेपाल टेलिकमले ६९ नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका कर्मचारी पदपूर्ति गर् दरखास्त आह्वान गरेको हो।
३ जना उपप्रबन्धक, २ जना वरिष्ठ इन्जिनियर, २ जना वरिष्ठ लेखा अधिकृत, १८ जना इन्जिनियर, १२ जना सहायक लेखा अधिकृत, १४ जना सहायक लगायत विभिन्न रिक्त रहेको पदमा पदपूर्ति गर्न टेलिकमले दरखास्त मागेको हो।
इच्छुक र योग्यता पुगेका नेपाल नागरिकहरूले फागुन २९ सम्म दरखास्त दिन सक्नेछन्। दरखास्त शूल्क पद अनुसार फरक फरक निर्धारण गरिएको छ।
