सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ।
गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरेका हुन्।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ।
यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।
यी हुन् १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता—
सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ : नेपाल दूरसञ्चार प्राधिकरण
एकलौटी फर्महरुतर्फ आयकर : थाइ आइ इन्टरनेशनल
बस्तुगत तर्फ आयकर : डावर नेपाल
सूचना प्रविधितर्फ: भेरिक्स नेपाल प्रालि
निर्यात कारोबार : डाबर नेपाल प्रालि
कृषि एवम् पशुजन्य : पोषक ब्रिडर
बैंक तथा वित्तीय संस्था : नेपाल इन्भेष्टमेन्ट बैंक
स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज
पर्यटन : सोल्टीहोटेल
वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता : सिडियस एण्ड क्लियरिङ् लिमिटेड
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : आइएमई
व्यक्तिगत आयकर : राजबहादुर साह
मूअक समयमा तिर्नेमध्ये : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये : भिएफ सर्भिसेज
विशेष उद्योग: युनिलिभर नेपाल