महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड रूपैयाँ छुट्याइएको छ।
बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि २ अर्ब ८ करोड रूपैयाँ बजेट छुट्टाइएको जानकारी दिएका हुन्।
आगामी वर्षमा पनि ३३ प्रतिशत महिलाको सहभागिता, नि:शुल्क हवाई उद्धार कार्यलाई निरन्तरता दिइएको बताएका छन्।
त्यस्तै सडक बालबालिकामुक्त राष्ट्रिय अभियानलाई निरन्तरता दिइनेछ। ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्दै लगिनुको साथसाथै उनीहरूको सामाजिक सुरक्षा तथा स्वास्थ्य उपचारको प्रबन्ध मिलाइने जानकारी दिए।
अपांगता भएका व्यक्तिको पहिचान र वर्गीकरणको मापदण्ड गरी परिचयपत्र दिने प्रणालीलाई व्यवस्थित बनाउने भनिएको छ।
मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीकरण गर्न नीति ल्याउने, हिंसा पीडित महिलाका लागि मधेस, सुदूरपश्चिम र काठमाडौं उपत्यकामा पुनर्स्थापन केन्द्र स्थानपा गर्न ६२ करोड बजेट विनियोजन गरेको छ।