अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थतन्त्र विस्तारका लागि केही प्रमुख प्राथमिकताहरू घोषणा गरे।
उनका अनुसार देशको क्रेडिट रेटिङ सुधारेर बाह्य लगानी आकर्षित गर्न विशेष ध्यान दिइनेछ।
सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरिनेछ भने निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख साझेदारको रूपमा स्थापित गरिनेछ।
यसका साथै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदन कार्यान्वयन गरिने, राजस्व प्रशासन सुदृढ बनाइने र स्रोतको विविधिकरण गरिनेछ।
वैदेशिक रोजगारीमा निर्भरता घटाउन स्वदेशमै सिपयुक्त रोजगारी सिर्जनालाई प्राथमिकता दिइनेछ।
अर्थमन्त्री पौडेलले यो बजेट अर्थतन्त्रको विस्तार, युवालक्षित रोजगारी र आर्थिक अवसर सिर्जनामा केन्द्रित हुने बताए।