सरकारले नागरिक एपलाई सार्वजनिक सेवाको मुख्य डिजिटल उपकरणको रूपमा विकास गरी सम्भव भएसम्मका सबै सार्वजनिक सेवा अनलाइन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो।
सरकारले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गर्ने लक्ष्य लिएको छ।
त्यस्तै, तीन तहका सरकारबीचको सहयोग समन्वयमा कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण गर्ने र फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्न, गाभ्ने र हस्तान्तरण गर्ने नीति लिएको छ।