राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमका मुख्य उद्देश्य प्रस्तुत गरेका छन्।
नीति तथा कार्यक्रममा प्रस्तुत मुख्य लक्ष्य यस्ता छन्ः
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरुद्ध हुने कुनै पनि प्रतिक्रिया वा प्रकृतिका प्रतिगामी पुनर्उत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने
संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी कमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने
स्वस्थ्य प्रतिस्पर्धा, आपसी संवाद र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने
विकास निर्माणका क्रममा देखापरेका कमि कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र सस्कृति फेर्ने, विगतमा विभिन्न सरकारबाट घोषणा गरिएका भौतिक पूर्वाधारका सबैको पुनः प्राथमिकीकरण गर्ने, परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने
निर्माणधिन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरि सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज समेत गर्ने
विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गर्ने, विश्व विद्यालय तफको कक्षालाई ज्ञान, विज्ञान तथा अनुसन्धान तर्फ केन्द्रीत गर्ने,
उद्यमशीलता मैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव र श्रमशक्ति जगेडा रहने अवस्थाको अनत्य गर्ने, यसका लागि हालको पाठ्यक्रम, सिकाई र अध्ययन विधिमा व्यापक सुधार गर्ने, उद्यमशीलताको माध्यमद्धारा आन्तरिक रोजगारी सृजना गरि आयआर्जनका अवसर सृजना गर्ने
सबै उद्योगमा विजनेश प्लान र इकोसिस्टम निश्चित गरि जेन-जी पुस्तालाई केन्द्रीत गरी स्टार्टअप कार्यक्रम सुरू गर्ने