चालु आर्थिक वर्षमा बजेट खर्च न्यून देखिएको छ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार नौ महिनाको अवधिमा ५३.६७ प्रतिशत मात्रै बजेट निकासा भएको छ।
चालु खर्च र वित्तीय खर्च ५९ प्रतिशत माथि भए पनि पुँजीगत खर्च भने २९ प्रतिशत मात्रै भएको छ।
चालु वर्षको लागि १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरिएकोमा हालसम्म नौ खर्ब ९८ अर्ब रूपैयाँ खर्च भएको छ।
११ खर्ब ४० अर्ब चालु खर्च विनियोजन गरिएको मध्ये ६ अर्ब ७८ अर्ब रूपैयाँ खर्च भएको छ।
तीन खर्ब ५२ अर्ब रूपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमा एक खर्ब २ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ।
वित्त व्यवस्थापन (सार्वजनिक ऋणको सावाँ भुक्तानी र सार्वजनिक संस्थानमा गरिने लगानी) तीन खर्ब ६७ अर्ब विनियोजन गरिएकोमा दुई खर्ब १७ अर्ब रूपैयाँ खर्च भएको छ।
चालु वर्षमा २८ अर्ब रूपैयाँ गत वर्षको भुक्तानी गरेर पनि पुँजीगत खर्च निकै न्यून भएको छ।
गत वर्ष नौ महिनामा समग्र खर्च बजेटको ५१ प्रतिशत भएको थियो। पुँजीगत खर्च ३२ प्रतिशत भएको थियो।