दक्षिण एसियाली मुलुकहरूबीच द्विदेशीय सम्बन्ध राम्रै रहे पनि क्षेत्रीय सम्बन्ध बढ्न नसकेको भारतका लागि नेपालका पूर्व राजदूत डा. लोकराज बरालले बताएका छन्।
'सार्कको गठनपछि क्षेत्रीय सहकार्यको चर्चा निकै भयो, तर अहिले यसको काम कारबाही उदासीन अस्थामा छ,' बरालले भने, 'अहिले अन्य सदस्य मुलुकहरू पनि क्षेत्रीय सहकार्यमा भन्दा अन्य मुलुकहरूसँगको सम्बन्ध र सहकार्य विस्तारमा लागेका छन्। जसले सार्क स्थापनाको उद्देश्यलाई ओझेलमा पारेको छ।'
भारतको नयाँ दिल्लीमा चलिरहेको भारत नेपाल आर्थिक सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले थपे, 'द्विदेशीय सम्बन्ध सबैको राम्रो छ। भारत र बंगलादेशसँग पनि राम्रै सम्बन्ध छ। तर यो द्विदेशीय सम्बन्ध मात्र हो। तर, हामीले क्षेत्रीय सहकार्यको पर्याप्त लाभ उडाउन सक्ने अवस्था भए पनि सकेका छैनौं।'
काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतीय संस्था इग्रो फाउण्डेसनको संयुक्त आयोजनामा यो सम्मेलन चलिरहेको हो।