सर्वोत्तम सिमेन्टको ‘५० मा झकास’ अफर


सर्वोत्तम सिमेन्टले चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुका लागि ‘५० मा झकास’ नामको योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक ५० बोरा सर्वाेत्तम ओपिसी र पिपिसी सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्नेछन्।

५० दिनमा ५० तोला सुन, ५० थान कोन्का एलइडी टिभी, ५० हजार थान घडीहरुको साथै ५० हजारसम्मको नगद उपहारहरु ग्राहकलाई दिइने उद्योगले जनाएको छ।

नेपालको मध्यभाग नवलपरासीमा यस उद्योग रहेको छ। पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ। यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.