बर्जर पेन्ट्सको रङ्ग म्याजिकल उपहार योजना


बर्जर पेन्ट्सले सिजनल उपहार योजना “बर्जर रङ्ग म्याजिकल अफर” ल्याएको छ। यस अभियानको लागि चर्चित नायक अनुप विक्रम शाही र नायिका स्वस्तिमा खड्का सद्भावना दूत रहेका छन्।

यस उपहार योजनामा बम्पर उपहारका एकजना भाग्यशाली विजेताले रेनल्ट क्वीड कार पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीको दावी छ। १०० भन्दा बढी विजेताहरुले नगद २५ लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ।

बर्जरका अनुसार चयन भएका ५ भिन्न क्षेत्रका उत्कृष्ट १० वटा रङ्गाइएका घरधनीहरुले नगद १ लाखसम्म र साना शहरका २० घरधनीहरुले नगद २० हजारसम्म पुरस्कार जित्न सक्ने छन्।

उपहार योजनामा सहभागी बन्न ग्राहकले आफ्नो घरको रङ्ग रोगन कार्य शुरु गर्नु अघि बर्जर टाइप गरी ३३३७७ मा एसएमएस पठाएर आफूलाई दर्ता गराउनु पर्नेछ। एकपटक दर्ता कार्य पूरा भएपछि हरेक घरको लागि छुट्टाछुट्टै एक विशेष दर्ता कोड फोन सम्पर्कको समयमा वा स्वचालित एसएमएस प्रणाली मार्फत उपलब्ध गराइनेछ।

दर्ता गर्ने अवधि भदौ १५ देखि मंसिर १५सम्म कायम गरिएको बर्जरले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.