सिजन सकिएपछि छुट दिएर इट्टा बेच्दै उद्योगी

सिजन सकिएपछि छुट दिएर इट्टा बेच्दै उद्योगी




घर बनाउने सिजन सकिएपछि इट्टा उद्योगहरुले विभिन्न छुट ल्याएका छन्। सिजन सकिएकोले ‘स्टक क्लियरेन्स’ गर्नका लागि विशेष छुट दिइएको उद्योगीहरु बताउँछन्।

भक्तपुरस्थित बराह इट्टा उद्योगका सन्जिव वैद्य पहिले नै बनिसकेको इट्टा यही सिजनमा सक्नका लागि छुट दिइएको बताउँछन्। ‘पहिले प्रतिटिप्परको एक नम्बर इट्टाको ३२ हजार र दुई नम्बर इट्टाको २५ हजार थियो, अहिले त्यसको मूल्य घटाएर एक नम्बरको २८ हजार र दुई नम्बरको २२ हजार बनाएका छौँ’ उनले भने।

एक टिप्परमा २ हजार इट्टा हुन्छ। चक्रपथबाट बाहिर लानु परेमा भने केही अतिरिक्त शुल्क लाग्ने उनले जानकारी दिए।

यो छुट सीमित अवधिको लागि मात्र भएको वैद्यले जानकारी दिए। उपत्यकामा तराईको इट्टा पनि प्रचलनमा रहेको छ। तराइको इट्टा उपत्यकाको भन्दा केही ठुलो साइजमा हुने ब्यवसायीहरुले जानकारी दिए। अहिले काठमाडौं उपत्यकामा प्रयोग हुने इट्टामध्ये करिव ५० प्रतिशत तराइको प्रयोग हुने व्यवसायीहरु बताउँछन्।

तराइको इट्टा यहाँ उत्पादितभन्दा केही महँगो पनि पर्दछ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.