स्वचालित विडेटको सोरुम बबरमहलमा


शौचालयका आधुनिक सामाग्रीको सोरुम बबरमहलमा खुलेको छ। हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको परिसरमा ‘आर्का ब्यु लेट’ को नाममा संचालनमा आएको यहाँ स्वचालित विडेट उपलव्ध छ।

यो विडेटमा शौच क्रियापछि हातले सफाई गर्नुपर्ने वा ट्वाइलेट पेपर प्रयोग गर्नुपर्ने झञ्झटबाट मुक्ति मिल्छ।

यसमा सिट न्यानो पार्ने, स्वचालित ड्रायर, पानी मन तातो पार्ने, गन्ध हटाउने जस्ता सुविधाहरु समावेश रहेको आयात तथा विक्री वितरक हिमालयन ओभरसिज ट्रेडिङले जनाएको छ। प्रोप्राइटर झनक खनालका अनुसार २२० भोल्टको विद्युतशक्तिले चल्ने यस बिडेटमा दुई वर्षको वारन्टी उपलव्ध छ।

प्रायः अर्धचन्द्राकार भएका कमोडहरुमा यसलाई रेट्रोफिट गरी प्रयोगमा ल्याउन सकिन्छ। पानीलाई स्वच्छ राख्न एन्टिब्याक्टेरियल फिल्टर सहितको विडेट पनि शोरुममा रहेको आर्का ब्यू लेटले जनाएको छ। सामान्य पानीको प्रयोग भएको अवस्थामा यो फिल्टरले छ महिनासम्म काम गर्ने कम्पनीले जनाएको छ।

नेपालका लागि जापानका राजदूत महामहिममा साशी ओगावाले आर्का ब्यु लेटको उद्घाटन गरिन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.