मारुती सिमेन्टको नयाँ उपहार योजना ‘१२ मा ६ खजाना’ सार्वजनिक


मारुती सिमेण्टले ‘१२ मा ६ खजाना’ उपहार योजना ल्याएको छ। एकपटक सिमेन्ट किनेपछि पाइने कुपनबाट ६ पटकसम्म अभियानमा सहभागी हुन पाइने कम्पनीले जनाएको छ।

यस योजनामा सहभागी बन्न ग्राहकले एकपटकमा १२ बोरा मारुती सिमेण्ट किन्नु पर्नेछ । यसरी सिमेण्ट किनेपछि स्क्य्राच कुपन दिइनेछ र उक्त कुपन स्क्य्राच गरेर स्योर सट उपहारमा तत्काल २० देखि ५० रुपैयाँ नगद छुट पाइने छ। यस्तै कुपनमा एउटा युनिक कोड पनि अँकित गरिएको हुन्छ र उक्त कोड ३२०४८ मा एसएमएस गरेर पठाउनु पर्नेछ, जुन कुपनबाट ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल, हरेक साता थाइलैण्ड भ्रमण, हरेक महिना बजाज एभेन्जर बाइक र बम्पर उपहारमा १५ तोला सुन उपहार प्राप्त गर्ने अवसर रहनेछ । साथसाथै मेगा बम्पर उपहारमा एकजना ग्राहकले रेनल्टको क्वीड कार पाउने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.